चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको हो ।

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

बिज्ञापन

काठमाडौँका लागि रवि बोपाराले ५५ रन बनाए भने डान मोउसलीले २९, कामील मिशाराले २८ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर सहान अराचचिगेले २ विकेट लिएका थिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।

काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।

बिज्ञापन

यो जितपछि काठमाडौँ गोर्खाजको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चितवन राइनोजको ५ खेलमा ५ अंक रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

नेपाली यू–१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी

राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो- अध्यक्ष ओली

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

अहिलेसम्मका टप फाइभ न्यूज

काठमाडौं महानगरमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत