नेपाली यू–१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

काठमाडौं : नेपाली यू–१९ महिला क्रिकेट टोलीले भारतमा आयोजना हुने त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ । प्रतियोगितामा नेपालसँगै भारतका दुई टोली भारत यू–१९ ‘ए’ र भारत यू–१९ ‘बी’ सहभागी हुनेछन् ।

बिज्ञापन

भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट कन्ट्रोल बोर्डको एक्सलेन्स सेन्टरमा नोभेम्बर १० देखि २२ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि भारतले आफ्ना दुवै टोली घोषणा गरिसकेको छ ।
प्रतियोगिता सन् २०२७ मा बंगलादेश र नेपालमा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका रूपमा आयोजना गर्न लागिएको हो ।

बिज्ञापन

शृंखलामा नेपालले नोभेम्बर १२ मा भारत ‘बी’ र नोभेम्बर १४ मा भारत ‘ए’ सँग खेल्नेछ। त्यसपछि नोभेम्बर १८ मा भारत ‘बी’ र नोभेम्बर २० मा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल नोभेम्बर २२ मा हुनेछ ।

यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली यू-१९ महिला टिमले हालै थाइल्याण्ड र चीन सम्मिलित बेल्ट एण्ड रोड सिरिज जितेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

नेपाली यू–१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी

राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो- अध्यक्ष ओली

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

अहिलेसम्मका टप फाइभ न्यूज

काठमाडौं महानगरमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत