एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ र कथित चिनियाँ महिला जासुसबीचको प्रेम सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

बिज्ञापन

ट्रम्पका अनुसार सोमबार हुआङसँग भएको कुराकानीमा उनले ती महिला जासुस भएको जानकारी थियो कि थिएन भनेर सोधेका थिए । हुआङले आफूलाई ती महिला जासुस भएको कुनै जानकारी नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

बिज्ञापन

यसअघि चीनले जासुसी अभियानअन्तर्गत हुआङलाई निशाना बनाएको समाचार सार्वजनिक भएको थियो । तर चीनको विदेश मन्त्रालयले उक्त आरोप निराधार र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको भन्दै खण्डन गरेको छ ।

यसैबीच, एनभिडियाले एलिस हुआङसँग जोडिएको घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीले आफ्नो गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरणमा कुनै सम्झौता भएको मान्नुपर्ने आधार नरहेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

८१ वर्षीय एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

पाल्पा र कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा चार जना पक्राउ

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

जलवायु संकटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै