देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले चाडपर्वको नाममा हुने अश्लील तथा अमर्यादित गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिज्ञापन

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुग्ने गरी देउसी–भैलो खेल्ने क्रममा हुने विकृत गतिविधिलाई कानुनअनुसार कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारेका हुन्।

बिज्ञापन

गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै सांस्कृतिक पर्वको आडमा अश्लीलता र अमर्यादित व्यवहार प्रदर्शन गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्। उनले देउसी–भैलोका क्रममा कतै अश्लील वा अमर्यादित गतिविधि भएको देखिए तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत सर्वसाधारणलाई आग्रह गरेका छन्।

सरकारले चाडपर्वको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक मर्यादा कायम राख्दै यस्ता गतिविधि नियन्त्रण गर्ने जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएल : सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

सभामुख अर्याल र गृहमन्त्री गुरुङद्वारा शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

८१ वर्षीय एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

पाल्पा र कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा चार जना पक्राउ