आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११: ०७ बजे

काठमाडौं : तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

बिज्ञापन

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

बिज्ञापन

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले दाजुभाई पश्चिम फर्कने, दिदीबहिनीहरुले पूर्व फर्केर टीका लगाइदिनुपर्ने बताएको छ ।

बिज्ञापन

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११: ०७ बजे

एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?

२०८३ कार्तिक २५ गते बुधबारको राशिफल

एनपीएल : सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

सभामुख अर्याल र गृहमन्त्री गुरुङद्वारा शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण