काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ३ सयले घटेर दुई लाख ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि गत आइतबार सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो ।
बिज्ञापन
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत आइतबार चाँदी ३८१० रुपैयाँमा कारोबार भएको थियो ।















