चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

चितवन : भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिज्ञापन

शुक्रबार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् ।

बिज्ञापन

उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका अन्य दुई पैदलयात्रीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा नेपाल सन्तुलित अवधारणासहित अघि बढ्नु पर्छ : सौरभराज पन्त

महिलामाथि कुटपिट गर्ने तीन जना पक्राउ

छठको अवसरमा सोमबार सार्वजनिक बिदा

सुदुरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य

राष्ट्र बैंकले २०० अर्बको निक्षेप संकलन गर्दै