भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

काठमाडौँ । चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको विशाल अन्तरले पराजित गरेको छ । बे ओभलमा भएको खेलमा ३३४ रनको लक्ष्य पछ्याएको भारत २६.४ ओभरमा ८९ रनमै समेटिएको थियो ।

बिज्ञापन

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले विल यङको शतकीय इनिङ्सको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३३३ रन बनाएको थियो । यङले १०८ बलमा १२५ रन बनाए । त्यस्तै टिम साइफर्टले ५८ र फिन एलेनले ४१ रनको योगदान दिएका थिए ।

बिज्ञापन

३३४ रनको लक्ष्य पछ्याएको भारतका लागि इशान किशनले सर्वाधिक २७ रन बनाए। भारतीय ब्याटरहरू न्युजिल्यान्डका बलरसामु टिक्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले घातक बलिङ गर्दै २७ रन खर्चिएर ६ विकेट लिए ।

यस जितसँगै न्युजिल्यान्डले पाँच खेलको एकदिवसीय शृङ्खलामा भारतसँगको दूरी २–१ मा झारेको छ । यसअघि भारतले पहिलो दुई खेल जितेको थियो भने तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

बिज्ञापन

अब सिरिजको पाँचौं खेल आइतबार हुने तालिका छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अस्ट्रेलियासँग इंग्ल्यान्ड ७ विकेटले पराजित, डेब्यु खेलमै बेहर्दमको ६ विकेट

चितुवाको छालासहित दुई जना पक्राउ

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा नेपाल सन्तुलित अवधारणासहित अघि बढ्नु पर्छ : सौरभराज पन्त