त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार गर्न विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

परीक्षा प्रणाली व्यवस्थित बनाउने, पठनपाठन प्रभावकारी बनाउने र उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच छलफल भएको छ ।

बिज्ञापन

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटीलगायत सहभागी थिए ।

बिज्ञापन

छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी दिइएको थियो। साथै, क्याम्पसमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने, अनुसन्धानमूलक गतिविधि बढाउने तथा विद्यार्थीको शैक्षिक क्षमताका आधारमा भर्ना कोटा निर्धारण गर्ने विषयमा पनि जोड दिइएको थियो ।

शिक्षामन्त्रीका सल्लाहकार झाले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताए। त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य गर्नुपर्ने उनको भनाइ थियो ।

बिज्ञापन

त्रिविका उपकुलपति थापाले विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाइने छलफलमा बताइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अस्ट्रेलियासँग इंग्ल्यान्ड ७ विकेटले पराजित, डेब्यु खेलमै बेहर्दमको ६ विकेट

चितुवाको छालासहित दुई जना पक्राउ

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा नेपाल सन्तुलित अवधारणासहित अघि बढ्नु पर्छ : सौरभराज पन्त