चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी : कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ स्थित नौरङ्गम होटल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन् । उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले जाँच गरेको थियो ।

बिज्ञापन

जाँचका क्रममा उनीहरूको साथबाट चितुवाको एउटा छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले चितुवाको छालासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अस्ट्रेलियासँग इंग्ल्यान्ड ७ विकेटले पराजित, डेब्यु खेलमै बेहर्दमको ६ विकेट

चितुवाको छालासहित दुई जना पक्राउ

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

भारतमाथि न्युजिल्यान्डको २४४ रनको फराकिलो जित

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा नेपाल सन्तुलित अवधारणासहित अघि बढ्नु पर्छ : सौरभराज पन्त