क्यान्सरको उपचार खोज्न एआईको प्रयोग गर्दै एन्थ्रोपिक

काठमाडौं : कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगबाट क्यान्सरलगायत जटिल रोगको उपचार खोज्ने प्रयासमा अमेरिकी प्रविधि कम्पनी एन्थ्रोपिक अघि बढेको छ । कम्पनीले क्यान्सर, खाद्य पदार्थबाट हुने एलर्जी तथा दुर्लभ रोगको सम्भावित उपचार छिटो पत्ता लगाउन छवटा जैवप्रविधि कम्पनीसँग सहकार्य गरेको छ ।

बिज्ञापन

एन्थ्रोपिकले ब्रिस्टल मायर्स स्क्विब, जेनेरेट बायोमेडिसिन्स र बिगह्याट बायोसाइन्सेजलगायत कम्पनीसँग मिलेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रगतको क्यान्सर उपचारमा प्रयोग हुने कार टी–सेल थेरापीका लागि एआईको सहयोगमा नयाँ आनुवंशिक संरचना तयार गरिएको छ । उक्त संरचना पहिलेको तुलनामा ७० प्रतिशत सानो रहेको र प्रयोगशालामा परीक्षण गर्दा क्यान्सर कोष नष्ट गर्ने क्षमता बढेको दाबी गरिएको छ ।

बिज्ञापन

त्यस्तै, बिगह्याट बायोसाइन्सेजसँगको सहकार्यमा क्यान्सरलाई लक्षित गर्ने औषधिका एक हजार १० भन्दा बढी स्वरूप परीक्षण गरिएको थियो । तीमध्ये सबैभन्दा प्रभावकारी स्वरूपले विद्यमान औषधिको तुलनामा आफ्नो लक्ष्यमा १० गुणा बढी प्रभाव देखाएको कम्पनीको दाबी छ । खाद्य पदार्थबाट हुने एलर्जीको उपचारका लागि पनि एक महिनामै करिब ३५ हजार प्रतिरक्षी अणुको स्वरूप तयार गरिएको जनाइएको छ ।

एन्थ्रोपिकले दुर्लभ मांसपेशी रोगको उपचारमा समेत अनुसन्धान गरिरहेको छ । तर यी अनुसन्धान अहिले प्रारम्भिक चरणमै रहेकाले मानिसमा परीक्षण सुरु भएको छैन । अनुसन्धानको नतिजा सकारात्मक रहेमा सन् २०२८ को अन्त्यसम्म औषधिको मानवीय परीक्षण सुरु गर्ने कम्पनीको योजना छ । एआईको प्रयोगले औषधि खोज तथा विकास प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अहिलेसम्मका मूख्य पाँच समाचार

एमाले सकिएको भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ- अध्यक्ष ओली

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान

हारसँगै बाहिरियो विराटनगर, लुम्बिनीसहित चार टिम प्लेअफमा

देउवाको विश्वास – कांग्रेस पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन’

के राष्ट्रसंघमा रुसको प्रस्तावको पक्षमा मतदान गरेर नेपालले मस्को र वासिङ्टन दुवैलाई एकैसाथ ‘फायर खोल्न’ खोजेको हो?

राप्रपाको महाधिवेशनका लागि प्रतिनिधि छनोटको कार्यतालिका सार्वजनिक

सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप