इजरायलमा राष्ट्रिय सरकार गठनको पहल, नेतन्याहूले गरे सहकार्यको अपिल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशमा राष्ट्रिय एकताको सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । इरानबाट उत्पन्न सुरक्षा चुनौतीसहित देशसामु रहेका समस्याको सामना गर्न सबै राजनीतिक शक्तिलाई समेटेर सरकार बनाउनुपर्ने उनको प्रस्ताव छ ।

बिज्ञापन

नेतन्याहूले आइजेनकोटलाई प्रत्यक्ष संवादका लागि आह्वान गर्दै राष्ट्रिय एकताको सरकार गठनको पहल गरेका हुन् । उनले यस्तो सरकारमार्फत देशको सुरक्षा चुनौती सामना गर्न र राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सकिने बताएका छन् ।

बिज्ञापन

यसअघि इजरायलका राष्ट्रपति इसाक हर्जोगले संसद्का विभिन्न दलसँगको परामर्शपछि नयाँ सरकार गठनको जिम्मेवारी आइजेनकोटलाई दिएका थिए । संसद्का ६७ सदस्यले आइजेनकोटको पक्षमा समर्थन जनाएका थिए भने ४६ सदस्यले नेतन्याहूलाई समर्थन गरेका थिए । उनले सरकार गठनका लागि २८ दिनको समय पाएका छन्, जसलाई थप १४ दिन बढाउन सकिने व्यवस्था छ ।

आइजेनकोटले नेतन्याहू नेतृत्वको सरकारमा सहभागी नहुने अडान राख्दै लिकुड दलसँग भने आफ्नो नेतृत्वमा सहकार्य गर्न सकिने सङ्केत गरेका छन् । उनले अतिवादी राजनीतिक शक्तिसँगको गठबन्धन अन्त्य गर्नुपर्ने सर्त अघि सारेका छन् । उनको प्रस्तावित सरकारलाई संसद्मा समर्थन जुटाउन अरबी दल तथा अन्य समूहको भूमिका महत्त्वपूर्ण देखिएको छ ।

बिज्ञापन

तर नेतन्याहूले भने अरबी दलको समर्थनमा बन्ने सरकारबाट देशको सुरक्षा सुनिश्चित हुन नसक्ने दाबी गर्दै यहुदी बहुमत भएका दलहरूलाई समेटेर सरकार बनाउनुपर्ने बताएका छन् । यही विषयलाई लिएर दुवै नेताबीच मतभेद बढेको छ ।

आइजेनकोटले नेतन्याहूको पछिल्लो प्रस्तावलाई राजनीतिक देखावटी भन्दै अस्वीकार गरेका छन् । उनले लिकुड र आफ्नो दलका वार्ता टोलीबीच छलफल तय भइसकेको उल्लेख गर्दै नेतन्याहूले एकताको कुरा गरे पनि संसद्मा विभाजनकारी राजनीति गरिरहेको आरोप लगाएका छन्

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएलमा पोखराको सुखद अन्त्य, काठमाण्डू ५५ रनले पराजित

आज दिनभरका प्रमुख २० समाचार

इजरायलमा राष्ट्रिय सरकार गठनको पहल, नेतन्याहूले गरे सहकार्यको अपिल

क्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा दिलाइन् नेपाललाई दुई पदक

निर्वाचन प्रक्रिया अघि बढाउने एन्फाको निर्णय

चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

अस्ताउँदो सुर्यलाई अर्घ्य दिई गरियो छठ पूजा