रुसबाट फर्किए प्रचण्ड, पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।

बिज्ञापन

रुस भ्रमणबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाएका महत्वपूर्ण सहमति र परियोजनालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

बिज्ञापन

उनले पञ्चेश्वर परियोजनासँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससम्बन्धी सहमति पनि अघि बढाउनुपर्ने बताए। यी विषय टुंग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले राम्रो काम गरे आफू र आफ्नो पार्टीको सहयोग रहने पनि प्रचण्डले स्पष्ट पारे ।

बिज्ञापन

प्रचण्ड प्रचण्ड कार्तिक २७ गते मस्को प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

फागुन २१ को चुनावी धक्का अस्थायी हो- विद्या भण्डारी

जनता समाजवादी पार्टी नेपाल छाडेका १८ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त

सुनचाँदीको मूल्य आजपनि घट्यो

रुसबाट फर्किए प्रचण्ड, पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव

पुन: पद प्राप्त गर्न पार्टीमा फर्किएको होइन- विद्या भण्डारी

त्रिविमा विकेन्द्रीकरण: क्याम्पसहरुलाई पूर्ण स्वायत्तता दिदै

एमालेको राष्ट्रिय भेला आज सकिदै,ओली र भण्डारीले सम्बोधन गर्ने

एनपीएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै