जनता समाजवादी पार्टी नेपाल छाडेका १८ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल परित्याग गरेका १८ जना जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको भन्दै पार्टीबाट प्राप्त विवरणका आधारमा उनीहरूको पद रिक्त भएको सूचना सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त भएको हो । पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय समितिको निर्णयसहित आयोगमा जानकारी गराइएको थियो। आयोगले मंसिर २ गते उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको जनाएको छ ।

बिज्ञापन

पद रिक्त हुनेमा सिराहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना जनप्रतिनिधि छन्। उनीहरूमध्ये लहान नगरपालिकाका उपप्रमुख राम चरित्र महतो, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार मेन्याङ्बो रहेका छन् ।

त्यस्तै, विभिन्न गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य र नगर कार्यपालिका सदस्यको पदसमेत रिक्त भएको छ। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको व्यवस्थाअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

फागुन २१ को चुनावी धक्का अस्थायी हो- विद्या भण्डारी

जनता समाजवादी पार्टी नेपाल छाडेका १८ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त

सुनचाँदीको मूल्य आजपनि घट्यो

रुसबाट फर्किए प्रचण्ड, पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव

पुन: पद प्राप्त गर्न पार्टीमा फर्किएको होइन- विद्या भण्डारी

त्रिविमा विकेन्द्रीकरण: क्याम्पसहरुलाई पूर्ण स्वायत्तता दिदै

एमालेको राष्ट्रिय भेला आज सकिदै,ओली र भण्डारीले सम्बोधन गर्ने

एनपीएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै