काठमाडौं : नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी भएको बताएकी छन् ।
बिज्ञापन
एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरेकी हुन् ।
बिज्ञापन
एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताउँदै भण्डारीले हारबाट पाठ सिकेर कमजोरी सुधार्नुपर्ने बताइन् । आगामी स्थानीय तहलगायतका निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरणमा लाग्न उनले कार्यकर्तालाई आह्वान गरिन् ।
उनले भनिन्-‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
बिज्ञापन
भण्डारीले आफ्नो पार्टी राजनीतिमा पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन भएको स्पष्ट गरेकी छन् ।















