अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। तोकिएको समयमा प्रक्रिया पूरा नगरे अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम, थप दस्तुर र जरिवानासहितको बक्यौता चुक्ता गर्न भनेको हो ।

बिज्ञापन

अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीमा प्राधिकरणका अनुसार विभिन्न २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो अनुमतिपत्र नवीकरण गरेका छैनन् । अनुमतिपत्र नवीकरण नगर्ने सेवा प्रदायकमा एलिशा कम्युनिकेसन लिंक, एरोनेट प्रालि, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड, क्लासिक टेक प्राइभेट लिमिटेड र कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्राइभेट लिमिटेड रहेका छन् । त्यस्तै, एभरेस्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड, जीआरएस लिंक इन्टरनेट सर्भिस प्राइभेट लिमिटेड, आई जोन प्राइभेट लिमिटेड, कालिका नेट, खप्तड नेट, कनेक्ट नेपाल नेटवर्क र मर्केन्टाइल कम्युनिकेसन पनि अनुमतिपत्र नवीकरण नगर्ने सूचीमा छन् । नेक्स्ट गिकर्स प्राइभेट लिमिटेड, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क लिमिटेड, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टमले पनि अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगर्ने तथा बक्यौता नबुझाउने कम्पनीमाथि दूरसञ्चार ऐन, २०५३ को दफा २८ अनुसार अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ । बाँकी रकमसमेत कानुनअनुसार असुल गरिने प्राधिकरणको भनाइ छ ।

बिज्ञापन

यसैबीच, प्राधिकरणले उपभोक्तालाई अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्रै इन्टरनेट तथा दूरसञ्चार सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

आज दिनभरका प्रमुख २० समाचार

चितवनलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

एमालेको राष्ट्रिय भेला सम्पन्न, लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प

सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते

नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार