नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुनमा इंग्ल्यान्ड भ्रमण गर्ने घोषणा गरेको छ । भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी ६ टी-२० खेल खेल्नेछ।

बिज्ञापन

संघले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल हुनेछ ।

बिज्ञापन

नेपालले जुन ६ मा वर्म्स्लीमा आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ९ मा वर्म्स्ली तथा जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग टी–२० खेल खेल्ने तालिका छ ।

यस भ्रमणको मुख्य आकर्षण विश्वप्रसिद्ध लर्ड्स मैदानमा बंगलादेशसँग हुने टी–२० खेल हुनेछ । नेपालले इंग्ल्यान्ड भ्रमणमा विभिन्न तीन टोलीसँग एकदिवसीय र टी–२० दुवै प्रारूपमा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

बिज्ञापन

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार भ्रमणका सबै ६ खेल जुन १ देखि १२ सम्म सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

आज दिनभरका प्रमुख २० समाचार

चितवनलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

एमालेको राष्ट्रिय भेला सम्पन्न, लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प

सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते

नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार