सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी

काठमाडौं : चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखले ऐतिहासिक त्रिपक्षीय भेटवार्तापछि शान्तिका लागि संयुक्त घोषणा जारी गरेका छन् । चीनको सेन्जेनमा बिहीबार भएको बैठकपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चारबुँदे घोषणा सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

घोषणामा आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै हुन नहुने उल्लेख गर्दै आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न संवाद गर्ने प्रतिबद्धता जनाइएको छ । तीनै देशले विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न संयुक्त राष्ट्रसंघमा सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

बिज्ञापन

त्यस्तै, विश्वभर ऊर्जा आपूर्ति स्थिर राख्न प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने सहमति भएको छ । तीन देशका राष्ट्रप्रमुखले अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने र राष्ट्रप्रमुख तथा सरकारी अधिकारीको कानुनी उन्मुक्तिको सम्मान हुनुपर्ने धारणा पनि राखेका छन् ।

करिब ८० मिनेट चलेको यो बैठक तीनै देशका राष्ट्रप्रमुखबीच भएको पहिलो औपचारिक त्रिपक्षीय शिखर बैठक हो । बैठकमा अन्तर्राष्ट्रिय परिस्थिति, रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल भएको जनाइएको छ ।

बिज्ञापन

यद्यपि, युक्रेन र इरानमा जारी युद्धबारे संयुक्त घोषणामा कुनै उल्लेख गरिएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले ती विषयमा छलफल गरेको बताए पनि घोषणामा आणविक जोखिम, ऊर्जा आपूर्ति र संयुक्त राष्ट्रसंघ सुधारलाई मात्र स्थान दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

आज दिनभरका प्रमुख २० समाचार

चितवनलाई हराउदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

एमालेको राष्ट्रिय भेला सम्पन्न, लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प

सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते

नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार