एसिया कप राइजिङ स्टार्समा आज नेपालले भारत ए को सामना गर्दै

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत नेपालले आज भारत ए सँग खेल्दैछ । दोहामा हुने यो खेल आज दिउसो ३: ४५ देखि शुरु हुदैछ ।

बिज्ञापन

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

बिज्ञापन

टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

विहिबारदेखि शुरु भएको प्रतियोगितामा समुह ए मा रहेका श्रीलंका र बंगलादेशले विजयी शुरुवात गरेका छन् । श्रीलंका ए ले अफगानिस्तान ए लाई ६ विकेटले र बंगलादेश ए ले हङकङलाई ८ विकेटले पराजित गरेका छन् ।

बिज्ञापन

नेपालले समूह चरणमा आज भारत ‘ए’ सँग, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- अध्यक्ष ओली

घोप्टेभिरको पहिरो हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ- प्रचण्ड

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली