त्रिखण्डेश्वर मेला लक्षित गर्दै काठमाडौं जाने सवारीलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह

हेटौंडा : मकवानपुर प्रशासनले हरिबोधनी एकादशीका अवसरमा हुने त्रिखण्डेश्वर महादेव मन्दिरको मेला लक्षित गर्दै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।

बिज्ञापन

मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीको मेला लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो अनुरोध गरेको हो ।

बिज्ञापन

मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीडभाड हुने र हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक खण्ड साँघुरो तथा भिरालो भएकाले सवारी आवागमनमा कठिनाइ हुन सक्ने प्रशासनले जनाएको छ ।

यात्रुवाहक सवारीसाधनको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन शुक्रबार उक्त सडक खण्ड हुँदै काठमाडौं जाने सवारीसाधनले कान्तिलोकपथ सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- अध्यक्ष ओली

घोप्टेभिरको पहिरो हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ- प्रचण्ड

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली