रोहिङ्ग्या समुदायमाथि म्यानमारले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

काठमाडौँ : संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालयले म्यानमारले रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायमाथि नरसंहार गरेको ठहर गरेको छ । अदालतले रोहिङ्ग्या समुदायको ठूलो हिस्सालाई नष्ट गर्ने नियतसहित हिंसात्मक कारबाही गरिएको निष्कर्ष निकालेको हो ।

बिज्ञापन

सन् २०१७ मा म्यानमारको रखाइन राज्यमा सेनाले सञ्चालन गरेको कारबाहीका क्रममा करिब १० हजार रोहिङ्ग्याको हत्या भएको र सात लाखभन्दा बढी विस्थापित भएर बंगलादेश पुगेको अदालतले जनाएको छ । सेनाले सर्वसाधारणको हत्या, यौन हिंसा, बालबालिकामाथि अत्याचार तथा गाउँबस्ती जलाउने काम गरेको पनि ठहर गरिएको छ ।

बिज्ञापन

गाम्बियाले सन् २०१९ मा म्यानमारविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले ९–६ मतले नरसंहार भएको निर्णय सुनाएको हो । म्यानमारले भने सशस्त्र समूहको आक्रमणपछि आतङ्कवादविरुद्ध कारबाही गरिएको दाबी गर्दै नरसंहारको आरोप अस्वीकार गर्दै आएको थियो ।

अदालतले नरसंहारमा संलग्नलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन म्यानमारको दायित्व रहेको जनाएको छ । क्षतिपूर्तिको रकम भने पछि निर्धारण गरिनेछ । यो कुनै राज्यले नरसंहार गरेको ठहर गर्ने अन्तर्राष्ट्रिय अदालतको पहिलो फैसला हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन्

आज दिनभरका प्रमुख २० समाचार

ओलीको टिप्पणी- राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभा विघटन गर्नुभयो

लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

दशौँ राष्ट्रिय खेलकुद: कुन जिल्लामा कुन कुन खेल हुदैछन् ?

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्याय टुंग्याउन आयोगको आग्रह

एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै