महानगरले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्दै

काठमाडौं : काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरणीय जोखिम व्यवस्थापनका लागि मंसिर ७ देखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ ।

बिज्ञापन

महानगरपालिकाले आयोजना गर्ने साताव्यापी कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र तथा नागरिक समाजको सहभागिता रहनेछ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका जोखिमबाट बच्न अब छलफल मात्र नभई व्यवहारमै काम गर्नुपर्ने अवस्था आएको बताएकी छन् ।

बिज्ञापन

कार्यक्रममा सहरी डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको कमी र फोहोरमैला व्यवस्थापनजस्ता समस्यालाई प्राथमिकतामा राखिनेछ । सात दिनसम्म जलवायु नीति, जलवायु वित्त, सम्पदा संरक्षण, स्वच्छ ऊर्जा, खाद्य प्रणाली तथा नागरिक सहभागिताका विषयमा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रमअन्तर्गत ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण, जलवायु सचेतना तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीबीच आयोजना हुने ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिताका विजेतालाई ५० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिनेछ ।

बिज्ञापन

साताव्यापी कार्यक्रमको अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि साझा प्रतिबद्धता, आगामी कार्यदिशासम्बन्धी मार्गचित्र र ‘काठमाडौं घोषणा २०८३’ जारी गर्ने महानगरपालिकाको योजना छ । महानगरपालिकाले यसलाई सहर केन्द्रित जलवायु जोखिम न्यूनीकरणका लागि नेपालकै पहिलो सहरस्तरीय प्रयास भएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- अध्यक्ष ओली

घोप्टेभिरको पहिरो हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ- प्रचण्ड

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली