भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुझाव नै नमागेपछि आफूहरूले सुझाव दिनुको औचित्य नरहेको बताएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दलसँग कुनै सुझाव नलिइएको प्रसङ्ग उठाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

बिज्ञापन

शुक्रबार निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको तयारीबारे भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने- ‘माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ? निर्वाचनको बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ?’

उनले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए । निर्वाचनबारे संविधानमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको जानकारी दिए ।

बिज्ञापन

सरकारले राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल र संवाद गरे कांग्रेसले पनि आफ्नो धारणा राख्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन्

आज दिनभरका प्रमुख २० समाचार

ओलीको टिप्पणी- राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभा विघटन गर्नुभयो

लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

दशौँ राष्ट्रिय खेलकुद: कुन जिल्लामा कुन कुन खेल हुदैछन् ?

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्याय टुंग्याउन आयोगको आग्रह

एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै