क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिनुको कारण एकैपटक दुई लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्नु रहेको स्पष्टीकरण दिएको छ ।

बिज्ञापन

विज्ञप्तिमार्फत क्यानले फाइनल खेलको टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेको जनाएको छ । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।

बिज्ञापन

तर शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका थिए । टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

क्यानले नेपाली क्रिकेटप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति आभार व्यक्त गर्दै टिकट नपाएका समर्थकसँग क्षमासमेत मागेको छ । टिकट खरिद गर्न नसकेका समर्थकलाई क्यानले आधिकारिक अनलाइन माध्यम तथा सिद्धार्थ बैंकमार्फत एनपीएललाई सहयोग गर्न आग्रह गरेको छ ।

बिज्ञापन

तेस्रो संस्करणको एनपीएल फाइनलमा शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- अध्यक्ष ओली

घोप्टेभिरको पहिरो हटाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

संविधान र कानुनअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ- प्रचण्ड

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली