राष्ट्रिय खेलकुदले कर्णालीको भूगोल, संस्कृति र आर्थिक सम्भावना चिनाउने प्रधानमन्त्रीको विश्वास

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदसँगै कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री शाहले पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको पहिचान र सम्भावना उजागर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका हुन् ।

बिज्ञापन

उनका अनुसार प्रतियोगितामा सहभागी हुने राष्ट्रियस्तरका ८ हजारभन्दा बढी खेलाडी, खेल अधिकारी तथा पदाधिकारीले कर्णालीका विभिन्न जिल्लामा प्रतिस्पर्धा गर्नेछन्। यसले खेलकुदका माध्यमबाट कर्णालीको प्राकृतिक भूगोल, मौलिक संस्कृति, ऐतिहासिक महत्त्व र आर्थिक सम्भावनालाई देशभर चिनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउने बताएका छन् । उनले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न पनि आग्रह गरेका छन् ।

बिज्ञापन

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै आयोजना हुनुलाई प्रधानमन्त्री शाहले दुःखद पक्षका रूपमा उल्लेख गरेका छन् । उनले आगामी दिनमा प्रतियोगितालाई नियमित आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३५ सदस्य, को–को छन् ?

एमएलएसमा मेसीको किर्तिमान, लगातार दोस्रो सिजन जिते गोल्डेन बुट

इजरायलमा नयाँ सरकार गठनको प्रयास तिब्र, नेतान्याहूको दललाई गठबन्धनको प्रस्ताव

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु