इजरायलमा नयाँ सरकार गठनको प्रयास तिब्र, नेतान्याहूको दललाई गठबन्धनको प्रस्ताव

काठमाडौं : इजरायलमा नयाँ सरकार गठनका लागि गादी आइजेनकोट नेतृत्वको याशार पार्टीले बेन्जामिन नेतान्याहूको लिकुड पार्टीलाई गठबन्धनमा आउन निमन्त्रणा दिएको छ । तर, आइजेनकोटले प्रधानमन्त्री पद भने नेतान्याहूलाई नदिने स्पष्ट पारेका छन् ।

बिज्ञापन

दुवै दलबीच आइतबार गठबन्धन सरकार गठनबारे छलफल हुने भएको छ । अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि गठबन्धनले बहुमत प्राप्त गर्न सकेका थिएनन् । १२० सदस्यीय संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्नेमा नेतान्याहूको गठबन्धनले ५३ र आइजेनकोटको गठबन्धनले ४८ सिट प्राप्त गरेका छन् ।

बिज्ञापन

१९ सिट रहेको अरब दलहरूको समर्थन पाएपछि राष्ट्रपति इसाक हर्जोगले आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका छन् । तर, अरब दलसँग सरकार बनाउनुपर्ने विषयमा आइजेनकोटको गठबन्धनभित्रै मतभेद देखिएको छ ।

पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले आइजेनकोटलाई समर्थन गरे पनि नेतान्याहू नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् । उनले नयाँ सरकार गठनका लागि सन् २०२३ को हमास आक्रमणमा भएको सुरक्षा कमजोरीको छानबिन, प्रधानमन्त्रीको कार्यकाल अधिकतम आठ वर्षमा सीमित गर्नुपर्ने र सैनिकलाई आर्थिक सुविधामा प्राथमिकता दिनुपर्ने माग राखेका छन् ।

बिज्ञापन

आइजेनकोटलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ । आवश्यक परे थप १४ दिन समय थप्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

गण्डकी परिक्रमा महोत्सव आजदेखि

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

कस्तो छ आजको मौसम पूर्वानुमान ?