प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

बिज्ञापन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

बिज्ञापन

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् । उनले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।

बिज्ञापन

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।

भ्रमणअघि प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी भ्रमणबारे विस्तृत छलफल तथा जानकारी गराएका थिए ।

रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३५ सदस्य, को–को छन् ?

एमएलएसमा मेसीको किर्तिमान, लगातार दोस्रो सिजन जिते गोल्डेन बुट

इजरायलमा नयाँ सरकार गठनको प्रयास तिब्र, नेतान्याहूको दललाई गठबन्धनको प्रस्ताव

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु