एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

काठमाडौं । नेपालले एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत युएईलाई पराजित गरेको छ । कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

बिज्ञापन

युएईले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले २२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बिज्ञापन

नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ५७ रन बनाए भने मयन यादवले २७, बसिर अहमदले १८ रन बनाएका थिए । त्यस्तै युएईका बलर मुहमद मोहसिनले २ विकेट लिए भने उद्दिश सुरी र अंश टन्डनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ३९.५ ओभरमा अलआउट हुदै १२१ रन बनाएको थियो । युएईका लागि मुहमद शाहदादले सर्बाधिक ४० रन बनाए भने हरप्रित सिंहले ३२ रन बनाएका थिए । त्यस्तै नूरुल्लाह आयोबीले१२ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने राशिद खान, नन्दन यादव र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

बिज्ञापन

पहिलो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हासिल गरेर प्रतियोगितामा कमब्याक गरेको छ । अब नेपालले तेस्रो तथा अन्तिम खेल पाकिस्तान ए सँग मंगलबार खेल्ने तालिका छ । त्यस्तै युएईले भने दुवै खेलमा हार बेहोरेको छ र अब अन्तिम खेल मंगलबार नै भारत ए सँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३५ सदस्य, को–को छन् ?

एमएलएसमा मेसीको किर्तिमान, लगातार दोस्रो सिजन जिते गोल्डेन बुट

इजरायलमा नयाँ सरकार गठनको प्रयास तिब्र, नेतान्याहूको दललाई गठबन्धनको प्रस्ताव

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु