जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

काठमाडौँ । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ ।

बिज्ञापन

युरोपेली सङ्घसहित विभिन्न देशले चौथो मस्यौदा सम्झौता अस्वीकार गरेपछि सम्मेलनको निष्कर्ष अन्योलमा परेको हो । मस्यौदामा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख नै नभएपछि युरोपेली सङ्घले आपत्ति जनाएको छ ।

बिज्ञापन

युरोपेली सङ्घका प्रतिनिधि डाराग ओब्रायनले केही तेल उत्पादक देशले सम्मेलनलाई आफ्नो स्वार्थअनुकूल प्रभावित पारेको आरोप लगाउँदै प्रस्तावित सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त नभएको बताएका छन् ।

सम्मेलन अध्यक्ष मुरात कुरुमले चौथो मस्यौदामा सहमति हुन नसकेको र नयाँ मस्यौदा नआउने बताएका छन् ।

बिज्ञापन

यसैबीच, रुसले जीवाश्म इन्धनको प्रयोग तत्काल अन्त्य गर्दा ऊर्जा अभाव र गरिबी बढ्न सक्ने तर्क गरेको छ । चीनले भने मस्यौदाप्रति केही असन्तुष्टि जनाउँदै त्यसलाई स्वीकार गर्ने जनाएको छ ।

जीवाश्म इन्धनको प्रयोग घटाउने स्पष्ट समयसीमा, आर्थिक सहयोग र न्यायोचित ऊर्जा रूपान्तरणको योजना समेट्न नसकेको भन्दै वातावरणीय अभियानकर्मीहरूले पनि मस्यौदाको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

गण्डकी परिक्रमा महोत्सव आजदेखि

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

कस्तो छ आजको मौसम पूर्वानुमान ?