रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय आशिका तामाङ र केपी खनालबीच विवाद भएको छ ।

सांसद तामाङले खनाललाई एउटा जनमुद्दाबारे कुरा गर्न फोन गर्दा उनको स्वकीय सचिवले ह्वाट्सएपमार्फत मात्र सम्पर्क गर्न आग्रह गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेपछि विवाद भएको हो ।

बिज्ञापन

सांसद तामाङले सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले इन्टरनेटबिना आफ्ना समस्या जनप्रतिनिधिसमक्ष कसरी पुर्‍याउने भन्दै प्रश्न गरेकी छन् ।

बिज्ञापन

तामाङले लेखेकी छन्- ‘एउटा जनता बाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न सञ्चार गर्न इन्टरनेट चाहिने रहेछ भने सर्वसाधारण नागरिकले आफ्नो नेतासम्म गुनासो कसरी पुर्‍याउन सक्छन् ?’

उनका अनुसार खनालले पछि आफैँ फोन गरेर आफ्नो काम फोन उठाउने नभई जनताको मुद्दा उठाउने भएको बताएका थिए । खनालले आफूलाई विभिन्न ठाउँबाट दबाब रहेको भन्दै तामाङलाई यस विषयमा गुनासो नगर्न आग्रह गरेको पनि उनको भनाइ छ ।

बिज्ञापन

तामाङले खनाललाई आफूले फोन गर्दा प्रत्यक्ष संवाद गर्न सक्ने तर सर्वसाधारण नागरिकले पनि त्यस्तै सुविधा पाउनुपर्ने बताएकी छन् । उनले भनेकी छन्- हामी सबै सांसद जनताको सेवा गर्न आएका हौँ । आज तपाईं तीन करोड जनताको साझा छोरा हुनुहुन्छ ।’

उनले सांसदका सहयोगी टोली भए पनि कतिपय विषयमा नागरिकले प्रत्यक्ष सांसदसँगै संवाद गर्नुपर्ने भन्दै सम्पर्कका लागि ह्वाट्सएपलाई मात्रै विकल्प नबनाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

गण्डकी परिक्रमा महोत्सव आजदेखि

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका