एसिया कप राइजिङ स्टार्समा नेपालले आज पाकिस्तान ए को सामना गर्दै

काठमाडौं : एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले पाकिस्तान ए को सामना गर्दैछ । दोहामा हुने यो खेल आज दिउसो ३; ४५ बजेदेखि शुरु हुदैछ ।

बिज्ञापन

प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेर कमब्याक गरेको थियो । त्यस्तै पाकिस्तान ए ले भने भारत ए र युएईलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ । नेपाल सेमिफाइनलमा पुग्न आज पाकिस्तान ए लाई ठुलो अन्तरले पराजित गर्नुपर्ने अवस्था रहेको छ भने आजै हुने भारत ए र युएईबीचको खेलको नतिजाले पनि नेपाल सेमिफाइनलमा पुग्ने नपुग्ने टुंगो लाग्ने छ । तर प्राविधिक रुपमा सम्भावना भएपनि नेपालको सेमिफाइनल यात्रा कठिन देखिएको छ ।

बिज्ञापन

नेपाल सन्दीप लामिछानेको कप्तानीमा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’