विपदमा पूर्वसूचना दिन मोबाइलमा सन्देश पठाउने सिबिएस प्रणालीको परीक्षण सफल

काठमाडौं : विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सिबिएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।सोमबार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो ।

बिज्ञापन

परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना सफलतापूर्वक प्राप्त भएको थियो ।

बिज्ञापन

सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचना पठाउन सकिन्छ । यस प्रणालीले विशेषगरी बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

दोस्रो पुस्ताको दूरसञ्चार सञ्जालमा प्रारम्भिक परीक्षण सफल भएसँगै थप प्राविधिक परीक्षण र आवश्यक तयारी पूरा गरी बाढीको उच्च जोखिम रहेका क्षेत्रमा यो प्रणाली चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षा तथा जनधनको क्षति न्यूनीकरण गर्ने सरकारी प्रयासमा यो परीक्षणलाई महत्त्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’