रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाभित्रका कुनै पनि समस्यामा कांग्रेसको रुचि नरहेको स्पष्ट पारेका हुन् ।

बिज्ञापन

उनले भने, ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन। हामी कुनै कचकच पनि गर्दैनौँ, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ । हामीले यो कुरा हाम्रो पार्टीको महाधिवेशनका दस्तावेजमा स्पष्ट भनेका छौँ ।’

बिज्ञापन

थापाले सरकार सञ्चालन गर्न सरकारको आफ्नै जिम्मेवारी भएजस्तै प्रतिपक्षी दलहरूको पनि जिम्मेवारी हुने बताएका छन् । प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउनुपर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै उनले सरकारलाई प्रतिरोध गर्नुपर्ने ठाउँमा प्रतिरोध र सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य गर्ने नीति कांग्रेसले लिने बताए ।

उनले सरकारको कामकारबाहीबारे टिप्पणी गर्न थालेपछि आफ्नो विषयमा अडियो सार्वजनिक गर्ने र विभिन्न प्रचारबाजी गर्ने काम भएको पनि बताएका छन् । यस्ता गतिविधिविरुद्ध आफू पहिलेदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लड्न तयार रहेको थापाले स्पष्ट गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’