दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमै

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल २६ पदक जितेको छ ।

बिज्ञापन

पदक तालिकाको दोस्रो स्थानमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ९ स्वर्ण, ३ रजत र ३ कांस्य गरी १५ पदक जितेको छ । त्यस्तै, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ६ स्वर्ण, १० रजत र १३ कांस्यसहित कुल २९ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

बिज्ञापन

नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल २७ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । कोशी प्रदेश २ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ रजत र १ कांस्य गरी ५ पदकसहित छैटौँ स्थानमा छन् ।

तेस्रो दिनसम्मको विवरणअनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेश प्रदेशले पदक जित्न सकेका छैनन् ।

बिज्ञापन

हालसम्म प्रतियोगितामा ३४ स्वर्ण, ३४ रजत र ३६ कांस्य गरी कुल १०४ पदकको टुङ्गो लागेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

इनमको मानव अधिकार आयोगमा निवेदन- चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्ण पाठ)

आज दिनभरका प्रमुख २० समाचार

देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने

राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहिन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

वीरगन्जमा क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

चीन भ्रमणबारे महामन्त्री आचार्यको सभापति रवि लामिछानेलाई ब्रिफिङ