पर्सा । क्यासिनोमा अनधिकृत रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लबमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।
बिज्ञापन
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुरागकुमार र ४८ वर्षीय दीपक साह रहेका छन्।
त्यस्तै, पर्सागढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह र ३७ वर्षीय प्रभु साह तुरहा, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीका २७ वर्षीय विनोदकुमार लो, काठमाडौंका ४० वर्षीय राजेश श्रेष्ठ, बैतडीका ५४ वर्षीय तिलकप्रसाद भट्ट र सिराहाका ४६ वर्षीय दीपकराज पराजुली पक्राउ परेका छन् ।
बिज्ञापन
पक्राउ परेका १२ जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















