देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने

काठमाडौं : नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले महाधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

बिज्ञापन

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आधिकारिक विवरण निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको अवस्थामा पार्टीको झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगलाई औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

बिज्ञापन

कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताउदै निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब यस्तो गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराइने जानकारी दिए ।

गत मंगलबारदेखि बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिएको छ भने बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड

‘झोले’ को ट्याग हटाउन रास्वपाले ‘स्मार्ट डायरी’ प्रयोग गर्ने

अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन कांग्रेसको सरकारलाई आग्रह

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध