बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

बिज्ञापन

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

दुर्घटनामा ट्र्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको जगन्नाथ गाउँपालिका–३ का ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगिता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

सुकुम्बासी व्यवस्थापनमा सरकारमाथि प्रश्न

राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडी

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

राष्ट्रिय खेलकुदको पाँचौँ दिनसम्म पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

२०८३ मङ्सिर १३ गते आइतबार: आजको राशिफल

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड