काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई अर्थतन्त्र र जनजीविकासँग जोडिएका सवालमा गम्भीर हुन आग्रह गरेको छ । कांग्रेसले सरकारका गलत निर्णय र कार्यशैली सच्याउँदै संवैधानिक मर्यादा कायम गर्न तथा विधिको शासन सुनिश्चित गर्न माग गरेको हो ।
बिज्ञापन
कांग्रेस केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र, जनजीविका र नागरिकका समस्यालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिज्ञापन
उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउँदै सरकारका कमजोरी, संवैधानिक व्यवस्थामाथिको प्रहार र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधि संसद्मा सशक्त रूपमा उठाउने बताए ।
सरकारका कमजोरीबारे नागरिकलाई जानकारी गराउने र सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रम चिर्ने निर्णयसमेत कांग्रेसले गरेको उनले बताए । कांग्रेसले सरकारको असफलता नचाहेको उल्लेख गर्दै देशको हितमा सरकारले गर्ने राम्रा काममा भने आफ्नो साथ र सहयोग रहने स्पष्ट पारेको छ ।
बिज्ञापन
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका उच्चस्तरीय संवाद र सहमतिलाई सकारात्मक रूपमा लिँदै कांग्रेसले नेपाल–भारत सम्बन्धका केही महत्त्वपूर्ण तथा संवेदनशील विषयले अपेक्षित प्राथमिकता नपाएको भन्दै ध्यानाकर्षण गराएको छ ।















