‘झोले’ को ट्याग हटाउन रास्वपाले ‘स्मार्ट डायरी’ प्रयोग गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा वितरण हुँदै आएको झोलाको विकल्पमा फाइल तथा स्मार्ट डायरी प्रयोग गर्ने नयाँ अभ्यास सुरु गर्ने भएको छ ।

बिज्ञापन

शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्तो अभियान सुरु गर्न लागेको बताएका छन् ।

बिज्ञापन

उनले पार्टीको विचार, सिद्धान्त र नेतृत्वप्रति विश्वास गरेर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर चिनाउने प्रवृत्तिबाट रास्वपा बाहिर निस्कनुपर्ने बताए । ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले,’ लामिछानेले भने ।

उनका अनुसार अब पार्टीका प्रशिक्षण तथा अन्य कार्यक्रममा सहभागीलाई झोला वितरण गर्नुको सट्टा जनताका मुद्दा, गुनासा र सुझाव संकलन गर्न मिल्ने फाइल तथा स्मार्ट डायरी उपलब्ध गराइनेछ । उक्त फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याडलगायत सामग्रीसमेत राख्न सकिने उनले बताए ।

बिज्ञापन

‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो। झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उनले भने ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड

‘झोले’ को ट्याग हटाउन रास्वपाले ‘स्मार्ट डायरी’ प्रयोग गर्ने

अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन कांग्रेसको सरकारलाई आग्रह

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध