कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज आइतबार मंसिर १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा रहेको छ ।

बिज्ञापन

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

बिज्ञापन

स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा रहेको छ ।

सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा रहेको छ ।

बिज्ञापन

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।

संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा रहेको छ। थाई भाट एकको खरिददर ४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४ रुपैयाँ ४० पैसा तथा मलेसियन रिङ्गिट एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा रहेको छ ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ। कुबेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

राष्ट्रिय खेलकुदको पाँचौँ दिनसम्म पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

२०८३ मङ्सिर १३ गते आइतबार: आजको राशिफल

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड

‘झोले’ को ट्याग हटाउन रास्वपाले ‘स्मार्ट डायरी’ प्रयोग गर्ने

अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन कांग्रेसको सरकारलाई आग्रह

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते