विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं : सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत नेपालमा हुने प्लेअफ प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

बिज्ञापन

टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन् । अभिषेश गौतमले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

बिज्ञापन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने खेलतालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी आठ टोली सहभागी हुनेछन् । यी टोलीले विश्वकपको ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन माथिल्लो मूलपानीमा नामिबिया र युगान्डाबीच खेल हुनेछ ।

बिज्ञापन

नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग खेल्नेछ । नेपालका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन् । नेपालमा हुने प्लेअफबाट छनोट भएका चार टोली पनि थपिएपछि ग्लोबल छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ग्लोबल छनोटको विजेता टोलीले सन् २०२७ को विश्वकपमा सिधै स्थान बनाउनेछ भने दोस्रो, तेस्रो र चौथो हुने टोली नयाँ संरचनाअनुसार सञ्चालन हुने सुपर सिरिजमा सहभागी हुनेछन् ।

सन् २०२७ को पुरुष एकदिवसीय क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ । १४ टोली सहभागी हुने प्रतियोगितामा १२ मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

सुकुम्बासी व्यवस्थापनमा सरकारमाथि प्रश्न

राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडी

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

राष्ट्रिय खेलकुदको पाँचौँ दिनसम्म पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

२०८३ मङ्सिर १३ गते आइतबार: आजको राशिफल

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड