नेपालमा भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘जेएन-वान्’

काठमाडौं : नेपालमा पनि कोभिड-१९ (कोरोना)को नयाँ सब-भेरियन्ट जेएन. वान पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वानको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको परीक्षण गर्दा हिजो ७ वटा नमुनामा जेएन वान पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले यो भेरियन्टको सङ्क्रमण हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?