सुनको मूल्यमा दुई हजारले वृद्धि

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा  एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० रुपैयामा कारोबार भएको छ ।

यस्तै आज  चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ रुपैयामा कारोबार  भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्