पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं : मौसमको कारण ‘भिजिबिलिटी’ नहुदा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। केही दिनदेखि बन्द भएको उडान आज बिहानबाट नियमित सुचारु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

२ दिन त पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल पुर्ण रूपमा बन्द नै भएको थियोे। चार दिनमा दुई दिन मात्रै आंशिक उडान भएको थियोे। 

मौसममा सुधार आएसँगै बिहानैदेखि उडान नियमित हुन थालेका छन्। पोखरा आसपासका क्षेत्रमा डढेलो लागेर तुवाँलोले भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको थियोे। चार दिनसम्म नियमित उडान नहुँदा बायुसेवा ग्राहीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्