पत्रकार महासङ्घ युरोपको अध्यक्षमा राई चयन
काठमाडौ : नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबार जुममार्फत सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले १० बुँदे घोषणापत्र समेत जारी गरेको छ ।।