एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज ,चौथो खेलमा नेपाल २८ रनले पराजित

काठमाडौं :  नेपाललाई हराउँदै वेस्ट इन्डिज एले शृंखला कब्जा गरेको छ। लगातर तीन खेल जित्दै वेस्ट इन्डिज एले एक खेल अगावै शृंखला जितेको हो।

टियु क्रिकेट मैदानमा बिहीबार २१० रनको विजय लक्ष्य पाएको नेपाल १ बल अगावै अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्ता पौडेलले अर्धशतकसहित ८२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९(१९ रन बनाए। त्यस्तै सोमपाल कामीले १०, कुशल मल्लले ४, कुशल भुर्तेलले १ रन बनाउँदै आशिफ शेख, प्रतिश जिसी र ललित राजबंशी शून्य रनमै आउट भए। अविनाश बोहोराले अविजित १७ रन बनाए।

पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्ट इन्डिजले जितेको हो ।दोस्रो खेलमा १० रनले विजयी भएको वेस्ट इन्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो ।बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो ।

सिरिजको अन्तिम खेल शनिबार कीर्तिपुरमा हुनेछ । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्