केन्यामा बाढीका कारण ३८ को मृत्यु

केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ । बाढीको स्तर आपतकालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ।

पछिल्लो समय अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुगेको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा  परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर वासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ । आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए । राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए । -एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्