टी–२० विश्वकप : न्युजिल्यान्ड टोलीको घोषणा

काठमाडौँ : आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले सोमबार केन विलियमसनको कप्तानीमा १५ सदस्यीय खेलाडी टोली घोषणा गरेको हो ।  विलियमसनका लागि यो छैटौँ विश्वकप हो । चोटका कारण आरम गरिरहनु भएका डिभोन कोन्वे पनि विश्वकप टोलीमा फर्किएका छन् ।

न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’ मा रहेको छ। न्युजिल्यान्डले जुन ७ तारिख अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, माइकल ब्रेसवेल, लोकी फर्गुसन, मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, इश सोधी र टिम साउथी । 

केन


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?