भारतीय केन्द्रिय बैंकले सिसिवाईबी लागू नगर्ने

काठमाडौं : भारतीय रिजर्भ बैंकले काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीवाईबी) लागू नगर्ने भएको छ। बैंकलेएक विज्ञप्ती जारी गर्दै काउन्टर साईक्लिकल बफर नलगाउने भएको हो।

भारतमा कर्जा विस्तार भैरहेको बेला सीसीवाईबी लागू गर्ने अनुमान गरिएको थियो तर सबै तथ्यांक सही रहेको जनाउदै केन्द्रिय रिजर्भ बैंकले अहिलेको लागि सीसीवाईबी लागू नगर्ने निर्णय गरेको छ।

निर्णयमा काउन्टर बफर साईक्लिकल क्यापिटल बफर सम्बन्धि गाइडलाईन ५ फेब्रुअरी २०१५, अनुसार जब वित्तीय अवस्थाले सचेत गराउछ अनि मात्रै सीसीवाईबी लगाउनुपर्छ, अहिलेको अवस्थामा तथ्यांकहरु सबै सही रहेकोले लागू गर्नु परेन भनेर उल्लेख गरेको छ। भारतमा यतिखेर कर्जा रफ्तार बढेर ७.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

भारतमा सीसीवाईबी नलगाउने भएपछि नेपाल राष्ट्र बैंकलाई समेत दबाब बढेको छ। राष्ट्र बैंकले आफैंले बनाएको मापदण्ड विपरित ०.५ प्रतिशतले सीसीवाईबी लागू गरेको छ। नेपालमा कुल ग्राहस्थ उत्पादनको तुलनामा कर्जा प्रवाह थोरै रहेको भन्दै सीसीवाईबी लागू गर्नु नपर्ने भएको छ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्