आईपिएल : चेन्नईमाथि पञ्जाबको शानदार जित

पञ्जाब किंग्सले  इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा सहज जित दर्ता गरेको छ । बुधवार भएको खेलमा पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो ।

चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे । स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहे । ओपनर प्रभसिम्रन सिंह १३ रन बनाएर आउट भएका थिए ।

चेन्नाईका शार्दुल ठाकुर, रिचार्ड ग्लिसन र शिभम दुबेले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन जोड्यो । चेन्नाईका लागि कप्तान रुतुराज गाईक्वाडले ४८ बल खेल्दै सर्वाधिक ६२ रन बनाए । अर्का ओपनर अजिंक्या राहानेले २९ रन बनाए भने समिर रिज्विले २१ रन जोडे । मोइन अलिले १४ तथा महेन्द्र सिंह धोनीले १४ रन बनाए ।

पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले २(२ विकेट लिए भने कागिसो रबाडा र अर्शदिप सिंहले १(१ विकेट लिए ।

जित पछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ । चेन्नाई १० खेलमा १० अंक सहित चौथो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?